सप्तरीमा ११ महिनामा ३३ बालिका र ११ महिला बलात्कृत

सप्तरी । सप्तरीमा ११ महिनाको अवधिमा बलात्कारबाट ३३ बालिका र ११ महिला पीडित भएको घटना सार्वजनिक भएको छ । नेपाल मानवअधिकार वर्ष पुस्तक २०१९ का लागि सप्तरीमा सङ्कलित मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनाको प्रकाशन पूर्व राजविराजमा शुक्रबार आयोजित वार्षिक समीक्षा गोष्ठीमा इन्सेक सप्तरीले यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो ।

जसमा बालिका बलात्कारका ३३ र महिला बलात्कारका ११ तथा बालिका बलात्कार प्रयासका १३ र महिला बलात्कार प्रयासका चार घटना सार्वजनिक भएको छ । इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले सार्वजनिक गर्नुभएको प्रतिवेदनअनुसार बालिका बलात्कारको ३२ घटनामा दुई र तीन वर्षीया समेत गरी ३३ बालिका पीडित भए । १२ देखि ६५ वर्षीय वृद्धसमेत ४३ आरोपितमध्ये १७ थुनामा र ११ विरुद्ध पक्राउ पूर्जी जारी भयो भने छ फरार छन् ।

बाल बिज्याइको आरोपमा दुई संरक्षकको जिम्मामा, दुई बालकको कैद सजाय स्थगन भएको छ। तीन जनाले सफाइ पाए, एक जना धरौटीमा रिहा भए भने एक मङ्सिर १ गते पक्राउ परेका छन् । महिला बलात्कारको ११ घटनामा १९ वर्षीयादेखि ७० वर्षीयासम्म पीडित बनेको घटना अभिलेख गरिएको छ । आरोपित २४ जनामा १७ वर्षीयदेखि ६५ वर्षीयसम्मका रहेका छन् । जसमध्ये १० थुनामा, सात फरार, छ जनामाथि पक्राउ पूर्जी वारेण्ट जारी भएको छ भने एकजनाले सफाइ पाएका छन् । महिला यौन दुव्र्यवहारका चार घटनामा चार महिला पीडित र पाँच आरोपित देखिएको छ  आरोपितमध्ये दुई जनामाथि पक्राउ पूर्जी, दुई जना धरौटीमा रिहा भए भने एक जनाले सफाइ पाएका छन् ।

बालिका यौन दुव्र्यवहारका १३ घटनामा तीन र छ वर्षका बालिकासमेत पीडित बने । आरोपित १३ वर्षीयदेखि ६५ वर्षीयसम्म १६ जना रहेका छन् । जसमध्ये तीन बालक बालसुधारगृहमा, एक संरक्षकको जिम्मामा र एक बालक थुनामा छन् । एक जनालाई कैद सजाय, पाँच थुनामा, एक जनामाथि पक्राउ पूर्जी जारी, एक जना फरार छन् भने तीन जना धरौटीमा रिहा भएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस