विदेश पठाइदिन्छु भन्दै एक करोड ठग्ने मकवानपुरकी महिला काठमाडौंमा पक्राउ

काठमाडौं । क्यानडा पठाइदिने भन्दै मानव बेचविखन गर्ने एक महिलालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । क्यानडामा आकर्षक रोजगारी दिलाइदिने प्रलोभनमा पारी विभिन्न व्यक्तिबाट एक करोडभन्दा बढी ठगी गर्ने मकवानपुरकी ३७ वर्षीया सुनिता तिवारी वाइवालाई ब्युरोको टोलीले शुक्रबार काठमाडौंकाे पुतलीसडकबाट पक्राउ गरेको हो ।

सुनिताले नक्कली कागजातसमेत बनाई भारतसम्म पु¥याइ पीडितबाट प्रतिव्यक्ति सात लाखदेखि १२ लाख रुपैयाँसम्म लिई मानव बेचविखन गरेको प्रहरीको आरोप छ । ब्युरोका प्रहरी नायब उपरीक्षक राजकुमार सिलवालले वाइवाले शिक्षा मन्त्रालयबाट स्वीकृति नलिई काठमाडौंको पुतलीसडकमा वेभस्टार एजुकेसन नेटवर्क प्रालि खोलेर ठगी गरेको बताए ।

‘विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई लक्षित गरी विभिन्न पत्रपत्रिकामा विज्ञापन दिने र पीडित सम्पर्कमा आएपश्चात नेपालबाट दिल्लीलगायत विभिन्न स्थानमा पु¥याउने गरेको अनुसन्धानमा खुलेको छ,’ उनले भने । वाइवाले १० जनाबाट एक करोड रुपैयाँभन्दा बढी ठगी गरेको सिलवालले बताए ।

काठमाडौं जिल्ला अदालतबाट अनुमति लिई वाइवाविरुद्ध मानव बेचविखन तथा ओसारपसार मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस