निर्मलाका बुबालाई एम्बुलेन्समा राखेर काठमाडौं ल्याइँदै

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी  निर्मला पन्तका बुबा यज्ञराज पन्तलाई  स्थलमार्गबाट काठमाडौं ल्याइदै छ । उनलाई शनिबार साँझ नै हवाई मार्गबाट ल्याउन खोजिएपनि विवाद भएपछि स्थलमार्गबाट एम्बुलेन्समा हालेर काठमाडौं ल्याउन लागिएको हो ।

उनलाई शनिबार साँझ बुद्ध एयरको जहाज चढाएर कैलालीको  गेटा बिमानस्थलबाट काठमाडौं ल्याउन लागिएको भएपनि यज्ञराजको अस्वाभाविक व्यवहारका कारण उनलाई जहाज चढ्न दिइएन । त्यसपछि उनीसँग आउने सबै टोली धनगढीमै रोकिएको थियो । राति नै धनगढीस्थित स्थानीय अस्पतालमा यज्ञराजलाई राखिएको परिवारका सदस्यले बताएका छन् ।

यज्ञराजसँगै रहेकी निर्मलाकी आमा दुर्गादेवी पन्तले आइतबार बिहान आफूहरु एम्बुलेन्समा काठमाडौं आउने क्रममा दाङ् आइपुगेको बताएकी थिइन् ।   स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि शनिबार काठमाडौं पठाउनका लागि उनलाई कञ्चनपुरबाट धनगढी लगिएको थियो । काठमाडौं आइपुगेपछि उपचारका लागि उनलाई  शिक्षण अस्पतालमा लगिने सम्भावना रहेको बताइएको छ ।

विगत १५ दिनदेखि जिल्ला प्रशासनको गेट अगाडि धर्नामा बसेका निर्मलाका बुबा यज्ञराजको स्वास्थ्य अवस्थासँगै मानसिक अवस्था बिग्रिएपछि उनलाई उपचारका लागि काठमाण्डौ ल्याउन लागिएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस