दिपशिखा अभिनित ‘प्रेम लिला…’को पोस्टर रिलिज

काठमाडौं । नायिका दिपशिखा खड्का र भारतीय मोडल अली खानको मुख्य भूमिका रहेको फिल्म ‘प्रेमलीला’को पोष्टर सार्वजनिक भएको छ । सार्वजनिक फिल्मको पोष्टरमा फिल्मका तीन मुख्य पात्र नायिका दिपशिखा खड्का र नायकद्वय अलि खान र मौसम खड्का फिचरिङ छन् ।सार्वजनिक भिन्न भिन्न पोष्टरमा फिल्मकी नायिका दिपशिखा खड्काको दुवै नायकसँगको प्रेम भाव देख्न सकिन्छ । अन्तर्देशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको फिल्ममा नायिका खड्का कै कथा तथा लेखन रहेको छ ।

नानीमैया कार्की र ‘फैजिल फिल्मस्’ले संयुक्त रुपमा निर्माण गरेको यस फिल्ममा पवन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, महेश खड्का, नविन कार्की र रबिराज शाहको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

माघ २५ बाट प्रदशर्नमा आउने फिल्ममा दीपशिखा, अलि र मौसमसँगै सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यस्तो छ चलचित्र ‘छक्का पञ्जा-५’ को गीत ‘ब्रेकअप’

काठमाडौँ । नेपाली चलचित्र ‘छक्का पञ्जा-५’ को गीत ‘ब्रेकप’ सार्वजनिक भएको छ । आगामी असोज …

प्रतिकृया दिनुहॊस