एकाएक सेलेब्रेटी बनिन् उमा वादी, आँसु झार्दै थाप्छिन् बधाई

काठमाडाै‌ । सुदुरपश्चिम प्रदेशसभा सदस्य उमादेवी बादीलाई अहिले मोबाइल फोन रिसिभ गर्न भ्याइनभ्याइ छ। एउटा मोवाइलमा कुरा नसक्दै अर्को मोबाइलमा घन्टी बजिसक्छ। फोनमा शुभचिन्तकका कुरा सुनेर उनी भक्कानिन्छिन्, आँखाबाट आँसुका धारा बग्छन्, धेरै बोल्न सक्छिनन्।

उनको मुखबाट ‘धन्यवाद’ शव्द मात्रै निस्किन्छ। यो खबर आजको नागरिक दैनिकमा कैलालीबाट योगेश रावलले लेखेका छन्। बादी समुदायका महिला र बालबालिकाको अधिकारका पक्षमा संघर्ष गर्दै आएकी उमादेवी बादीलाई बिबिसीले संसारभरका एक सय प्रभावशाली महिलाको सूचीमा राखेको छ। उनलाई बिबिसीले आफूलाई छनौट गरेको मात्रै थाहा छ। ‘बास्तविक कुरो मलाई अहिलेसम्म थाहा छैन’, उनले सञ्चारकर्मीसँग भनिन्, ‘जति तपाईंहरुले भन्नुभयो, त्यति मात्रै हो।’

उनी बेलायती सञ्चार संस्था बिबिसी विश्व सेवाले यस वर्ष छानेका संसारका प्रभावशाली र प्रेरणादायी एक सय महिलाभित्र पर्न सफल भएकी छन्। उनको नाम १० औँ स्थानमा छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस