स्थिर सरकारको विकास खर्च लज्जाजनकः चार महिनाको खर्च ८ प्रतिशत मात्रै

काठमाडाै‌ । स्थिर सरकारले असारमै बजेट ल्याएको भए पनि सातवटै प्रदेश र केन्द्र सरकारको चार महिनाको विकास खर्च निरासाजनक छ ।

३ खर्ब ५९ अर्ब ५५ करोड ८० लाख रुपैयाँ पुँजीगत खर्च विनियोजन गरेको केन्द्र सरकारको हालसम्मको खर्च ३० अर्ब ८ करोड ४६ लाख रुपैयाँ मात्र छ । यो खबर आजको कान्तिपुर दैनिकमा कृष्ण आचार्यले लेखेका छन् ।

विकास खर्च निरासाजनक रहे पनि केन्द्र सरकारको कर्मचारी तलब, भत्ता तथा अन्य प्रशासनिक खर्च भने उल्लेख्य छ । प्रदेश १, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको खर्च शून्य छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप