धर्ना छाडेर सडकमा दौडिए निर्मलाका बुबा यज्ञराज, डिप्रेशनको आशंका

काठमाडाै‌ । छोरी निर्मला पन्तका बलात्कारी र हत्यारा सार्वजनिक गर्न माग गर्दै १३ दिनदेखि धर्नामा बस्दै आएका बुबा यज्ञराज सम्हालिन नसक्ने अवस्थामा पुगेका छन् ।

शारीरिक रूपमा कमजोर उनी मानसिक रूपमा पनि विक्षिप्त भएका छन् । केही दिनदेखि उनले अस्वाभाविक व्यवहार देखाउन थालेका छन्। यो खबर आजको नयाँ पत्रिका दैनिकमा कञ्चनपुरबाट मोहन विष्टले लेखेका छन् ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मूलगेटमा अनिश्चितकालीन धर्नामा रहेका यज्ञराज छिनछिनमै हाँस्ने, गाली गर्ने र रुने गर्न थालेका छन् । सरकार र प्रहरी प्रशासन मात्रै होइन, आफूसँगै धर्नामा बसेका अधिकारकर्मी र पत्रकारलाई पनि उनले गाली गर्छन्। भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टको नामै लिएर गाली गरेका छन् । उनको मानसिक स्वास्थ्यमा समस्या आएको भन्दै अधिकारकर्मीहरूले चिन्ता जनाएका छन् ।

‘मलाई पनि गाली गर्नुभयो । उहाँको स्वास्थ्य निकै बिग्रिएको छ,’ नागरिक संघर्ष समिति कञ्चनपुरकी संयोजक मीना भण्डारीले भनिन् । अधिकारकर्मीहरूले धर्ना स्थगन गरेर आन्दोलनको स्वरूप परिवर्तन गर्नुपर्ने राय राखेका छन् । यज्ञराजको उपचारका लागि आफन्तलाई प्रशासनले पटक–पटक आग्रह गर्दै आएको छ । ‘हामीले यज्ञराजको उपचारका लागि आग्रह गर्दै आएका छौँ,’ सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले भने, ‘आफन्तले छलफल गरेपछि प्रशासनलाई खबर गर्छौँ भनेका छन् ।’

धर्नास्थल छाडेर दौडिए यज्ञराज
शुक्रबार बर्बराउँदै धर्नास्थल छाडेर हिँडेका यज्ञराजलाई प्रहरीको सहयोगमा महेन्द्रनगर बजारबाट फिर्ता ल्याउँदै अधिकारकर्मी ।
शुक्रबार यज्ञराज एक्कासि धर्नास्थल छाडेर दौडिएर महेन्द्रनगर बजारसम्म पुगे।

चिच्याउँदै र जथाभावी बोल्दै दौडिएका उनको पछिपछि अधिकारकर्मीहरू पनि लागे । बजारबाट अधिकारकर्मीहरू निर्मला भट्ट जोशी, लक्ष्मी मल्ल र शान्ता पोखरेलले प्रहरीको सहयोगमा उनलाई धर्नास्थलमा फर्काए ।

शान्त स्थानमा राख्न चिकित्सकको सुझाब
अधिकारकर्मी निर्मला भट्टका अनुसार यज्ञराज एकोहोरो बर्बराउने पनि गर्छन् । तर, चिकित्सकले औषधि दिएपछि समस्या केही कम भएको छ । उनले यज्ञराजको स्वास्थ्य जटिल मोडमा पुगे पनि सरकारले बेवास्ता गरेको बताइन् । महाकाली अञ्चल अस्पतालका चिकित्सकले उनलाई शान्त स्थानमा राख्न पटक–पटक सुझाब दिँदै आएका छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस