करेन्ट लागेर दाइको मृत्यु, भाइ घाइते

काठमाडौं । सर्लाहीको बरहथवामा बिहीबार करेन्ट लागेर दाइको मृत्यु भएको छ भने भाइ घाइते भएका छन् । बरहथवा नगरपालिका–५, स्थित नेपाल टेलिकमको कार्यालयमा ट्रष्ट निर्माणको काममा खटिएका बरहथवा नगरपालिका–१०, बस्ने २१ वर्षीय आवोध ठाकुरको करेन्ट लागेर मृत्यु भएको हो ।

ठाकुरलाई बरहथवामा सामान्य उपचारपश्चात थप उपचारका लागि सरस्वती अस्पताल हरिवन ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

उक्त घटनामा मृतक आवोधका भाइ १९ वर्षीय आनन्द ठाकुर सामान्य घाइते भएका छन् । आनन्दको बरहथवास्थित एडभान्स सन्जिवनी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक (डिएसपी) गौतम थापाले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वर्षाले निम्त्याएको बाढी-पहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस