सापटी दिएको पैसा माग्दा झगडा, शिक्षिकाले लिइन् विष्टको ज्यान

काठमाडौं । बैतडीमा एक पुरुषको हत्या आरोपमा परेकी परेकी शिक्षिकाले व्यक्तिगत लेनदेनको विषयमा झगडा हुँदा मृत्यु भएको बयान दिएकी छन् । पाटन नगरपालिका-६ का ५१ वर्षीय विरभान सिंह विष्टको हत्या आरोपमा पक्राउ परेकी ३६ वर्षीया भागरथी विष्टले प्रहरीसँगको प्रारम्भिक अनुसन्धानमा यस्तो बयान दिएकी हुन् ।

भागरथी सहस्त्रलिङ्ग प्राविमा राहत शिक्षिकाको रुपमा कार्यरत रहेकी छन् । उनी एकल महिला हुन् । उनले आफ्नै घरमा आएको बेला असार १ गते राति चिर्पट लागेर विरभानको ज्यान गएको बताएकी छन् । विरभानको हत्यापछि २४ घण्टासम्म शव घरमै राखेको र पछि अरूमार्फत व्यवस्थापन गर्न लगाएको उनले बताएकी छन् ।

विष्टको शव पाटन-पञ्चेश्वर सडकको घानल खोलामा फेला परेको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए । ‘हामी चिनजानकै हौँ । १ गते राति १२ बजे उहाँ मेरो घरमा आउनु भयो,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भागरथीको भनाई उद्धृत गर्दै भने,’ ‘मैले उहाँलाई ७/८ लाख रुपैयाँ दिएकी थिए । त्यो पैसा माग्दा विवाद भयो । सोही क्रममा मैले चिर्पटले हिर्काए । रगत बगेर ज्यानै गयो ।’

मृतक विष्ट ट्रक चालक रहेको खुलेको छ । विष्ट शनिबारदेखि परिवारको सम्पर्कमा थिएनन् ।

शव व्यवस्थापन गर्ने २ जना पक्राउ
हत्या गरिएका विष्टको शव व्यवस्थापन गर्ने २ जना पक्राउ परेका छन् । पाटन-१ का २२ वर्षीय राजेन्द्र भट्टराई र २३ वर्षीय किशोर भट्टराई पक्राउ परेका हुन् ।

उनीहरूलाई भागिरहेका अवस्थामा डडेल्धुराको भत्काडाबाट पक्राउ गरिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ नायब निरीक्षक भूपाल थापाले जानकारी दिए । तीन दिनदेखि बेपत्ता रहेका वीरभानको शव प्लास्टिकले बेरेको अवस्थामा सोमबार दिउँसो पाटन-पञ्चेश्वर सडकखण्ड अन्तर्गत घाङल खोलामा भेटिएको थियो ।

विष्टलाई बेपत्ता पारेको भन्दै आफन्तले सोमबार इलाका प्रहरी कार्यालय पाटनमा भागरथीको नाममा उजुरी दिएका थिए । त्यसपछि निवेदन दिएको केही समयपछि भागरथीलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो । शव व्यवस्थापनमा सहयोग गरेका थप एक जना अझै फरार रहेको र उनको खोजी जारी छ ।

मृतक विष्टको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

child-death/एकै घरका दुई बालिकाको सर्पले डसेर मृत्यु

पहिरोमा पुरिएर जाजरकोटमा बालकको मृत्यु

काठमाडाैं । पहिरोले पुरिएर जाजरकोटमा एक बालकको मृत्यु भएको छ । भेरी नगरपालिका-५ इबरका रमेश …

प्रतिकृया दिनुहॊस