ललितपुर र दाङमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौँ । ललितपुर, ललितपुर महानगरपालिका–९ बालकुमारी पुलस्थित सडकमा प्रदेश नम्बर ०२ –०३ –००१० ख ५३५७ नम्बरको ट्रकले बा.८३ प ८१७८ नम्बरको स्कुटरलाई सोमबार साँझ ठक्कर दिँदा स्कुटर चालक सिन्धुली तिनपाटन गाउँपालिका–४ घर भई भक्तपुर सुर्यबिनायक नगरपालिका–२ बालकोट बस्ने ३५ वर्षीय रमेश कुमार पाण्डेको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डबि अस्पताल ग्वार्कोमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै दाङ, शान्तिनगर गाउँपालिका–१ नयाँ बस्तीस्थित सडकमा खिलतपुरबाट अमुवातर्फ जाँदै गरेको रा.१ त २३१७ नम्बरको ट्याक्टर अनियन्त्रित भई सोमबार बेलुकी दुर्घटना हुँदा ट्याक्टरमा सवार शान्तिनगर गाउँपालिका–२ बस्ने ५१ वर्षीय धन बहादुर भण्डारीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

निर्वाचन आयुक्तहरूले ७ दिनको तलव बाढी पीडितलाई सहयोग गर्ने

काठमाडौँ । निर्वाचन आयोगले बाढी पीडितलाई सहयोग गर्ने भएको छ । आयोगले एक विज्ञप्ति जारी …

प्रतिकृया दिनुहॊस

This will auto close after