फाइल फाेटाे

धनगढी जाने हवाई यात्रुले लगेजमा ‘स्प्राइट’ राखेपछि…

काठमाडौं । धनगढीका लागि उड्न लागेको श्री एयरलाइन्सको एसएचए २२१ उडान नम्बरको ९ एनएएनएस विमान एक्कासि धावनमार्ग नजिकबाट पार्किङमा फर्काइएको छ । एक यात्रुले ब्यागमा बोकेको ‘स्प्राइट’को बट्टा फुटेर गन्ध आउन थालेपछि विमान फर्काइएको हो ।

धावनमार्गमा पुगेको जहाज ‘इन्डिकेटर’ले चेतावनी दिएसँगै उडान स्थगित भएको थियो । जहाजमा धूवाँ देखिएको सूचना बाहिरिएपनि एयरलाइन्सले अस्वीकार गर्दै यात्रुले लगेजमा ‘स्प्राइट’ बोकेको कारण इन्डिकेटरमा देखिएको श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले बताए । यात्रुले कसरी जहाजसम्म स्प्राइट बोकेर लगे ? सेक्युरिटी कसरी पास भयो ? यो गम्भीर विषय भएको उनको भनाई छ ।

इन्डिकेटरले गडबडीको संकेत दिएपछि फर्काइएको जहाजका ७४ जना यात्रुलाई अर्को जहाजमार्फत धनगढी पठाइएको छ । त्रिभुवन विमानस्थलले भने आधिकारिक जानकारी दिएको छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

त्रिभुवन विमानस्थलभित्र कार दुर्घटना, महिला गम्भीर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सडकमा कार दुर्घटना भएको छ । बिहान करिब ८ बजे …

प्रतिकृया दिनुहॊस