गृहमन्त्री लामिछानेले हुकुमी शासन चलाउन खोजे, यसलाई रोकौं : रामहरि खतिवडा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्री रवि लामिछानेले देश हुकुमी शासनमा चलाउन खोजेको आरोप लगाएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले मापसे गरेकाहरूलाई कुन कानुनमा टेकेर सडकमा उभ्याएको भन्दै प्रश्न गरे । ‘उपप्रधानमन्त्रीको ट्विट पढेँ । ट्राफिकमा काम गर्ने महिला दिदीबहिनीलाई महिनावारीमा चार दिन बिदा दिने । कानुन बनाएर गर्दा स्वागत गर्छौँ, धन्यवाद दिन्छौँ,’ उनले भने, ‘मुलुक हुकुमी हैन कानुनअनुसार चल्नुपर्छ । मापसे गरेकाहरूलाई बिहान सडकमा ल्याएर उभ्याउने कुन कानुन र नियममा छ ? यसरी मुलुक चलाउने ?’

उनले २००७ सालदेखि हुकुमी शासनविरुद्ध लड्दै आएको भन्दै अहिले पनि हुकुमी शासनविरुद्ध आफूहरू रहेको बताए । उनले कानुनी राज्यमा हुकुमी हैन कानुनी शासन हुनुपर्ने उल्लेख गरे ।

सांसद खतिवडाले गृहमन्त्री लामिछानेले मिडिया ट्रायल गरेर, ट्विट गरेर देश चलाउन मिल्छ भन्दै प्रश्न समेत गरेका छन् । यो काम तत्काल बन्द गर्नका लागि रुलिङको उनले माग गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

त्रिभुवन विमानस्थलभित्र कार दुर्घटना, महिला गम्भीर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सडकमा कार दुर्घटना भएको छ । बिहान करिब ८ बजे …

प्रतिकृया दिनुहॊस