ह्वावे ‘सिड्स फर द फ्युचर नेपाल’ कार्यक्रमका लागि आवेदन खुला

काठमाडौँ । ह्वावे द्वारा आयोजित, ‘सीड्स फर द फ्युचर नेपाल २०२४’ कार्यक्रमको दर्ता गत शुक्रवारबाट बाट खुलेको छ । स्नातक तहका विद्यार्थीहरूले www.seedsnep.com वेबसाइट मार्फत आफ्नो नाम जून ९ सम्म दर्ता गर्न सक्नेछन् ।

हयात प्लेसमा आयोजित ‘सीड्स फर द फ्युचर नेपाल २०२४’ को उद्घाटन कार्यक्रममा registration open को घोषणा गरिएको हो ।

‘सिड्स फर द फ्युचर’ नेपालमा लगातार आयोजना गरेको यो चौथो वर्ष भएको ह्वावेले जनाएको छ । ह्वावेले सेशनद्वारा यस बृहत् कार्यक्रममार्फत नेपालमा आईसीटी (information and communication technology) पारितन्त्र प्रवर्द्धन डिजिटलाइजेशन, नवप्रवर्तन, उद्यमशीलता, र दिगोपन गरेको जनाएको छ ।

कार्यक्रमको उद्घाटन ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत (CEO), ह्वांगजुनको स्वागत मन्तव्यबाट सुरु भएको थियो जहाँ ह्वावे नेपालका CTO, एन्ड्रयु पेङ्गले मुख्य मन्तव्य प्रस्तुत गरे ।

नेपालका लागि चीनका राजदूत; एच ई चेन सोङ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव; विश्वबाबु पुडासैनी, काठमाडौँ विश्वविद्यालयका उपकुलपति; भोला थापाको उपस्थितिले कार्यक्रमलाई भव्य बनाएको थियो । कार्यक्रममा अन्य सरकारी अधिकारीहरू, विभिन्न विश्वविद्यालयका डीन तथा प्राध्यापकहरू तथा विभिन्न संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।

काठमाडौँ विश्वविद्यालयका उपकुलपति, प्रा डा भोला थापाले भने, ‘द्रुत प्राविधिक विकासले परिभाषित गरेको युगमा स्थानीय प्रतिभाहरूको सशक्तिकरणको महत्त्वलाई बेवास्ता गर्न सकिँदैन। ह्वावेको सीड्स फर द फ्युचर कार्यक्रम हाम्रा विद्यार्थीहरूलाई डिजिटल नेपालको वास्तुकार बन्न सशक्त बनाउने, उनीहरूको क्षमतालाई खोल्न सहयोगी र मार्गदर्शनको रूपमा प्रमाणित बनेको छ ।’

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका डीन, प्रा डा शशिधर राम जोशीले भने,‘सीड्स फर द फ्युचर नेपाल २०२४ जस्ता कार्यक्रम हाम्रा विद्यार्थीहरूका लागि धेरै प्रभावशाली रहेकाछन् । मैले हाम्रा विद्यार्थीहरूले अमूल्य आईसीटी सीपहरू, जसले उनीहरूलाई यस डिजिटल युगको लागि तयार गरिराखेको छ । यो कार्यक्रमले हाम्रा युवाहरूलाई नवप्रवर्तन गर्नका लागि तयार गर्छ, उद्यमशीलतालाई बढावा दिई नेपालको विकास प्राविधिक क्षेत्रलाई विश्वव्यापी गराउँछ ।’

यस वर्ष ह्वावेले सरकार, शिक्षाविद् र उद्योग विज्ञहरू सम्मिलित विविध निर्णायक समिति गठन गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पनि यहाँ सह–आयोजक र युनेस्को रणनीतिक रूपमा रहेको जनाएको छ ।

यो प्रतियोगिताको दुई महिनामा अन्तर्वार्ता, कार्य, र प्रस्तुतीकरणका धेरै चरणहरू हुनेछन् ।

‘सिड्स फर द फ्युचर नेपाल’ को विजेता चीन गई, त्यहाँ तालिम र छेत्रीय प्रतियोगितामा भाग लिने अवसर पाउनेछन। भ्रमणका क्रममा उनीहरूले उद्योग विशेषज्ञहरू द्वारा प्राविधिक नवाचार बारे अत्याधुनिक सेमिनारमा भाग लिनेछन् ।

थपजानकारीको लागिः अंकित बस्नेत, पब्लिक रिलेसन म्यानेजर, 9841801698, [email protected]

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द

काठमाडौं । अन्ततः सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेको छ …

प्रतिकृया दिनुहॊस