सुनसरीमा एक व्यक्तिको गोली हानी हत्या

सुनसरी । सुनसरीको दुहबीमा एक व्यक्तिको गोली हानी हत्या भएको छ । दुहबी–९ मा सञ्चालित जय बाबा इँटा उद्योगका सुपरभाइजर मोहम्मद फिदा हुसेनको अज्ञात समूहले  बुधबार बिहान ६ः३० बजे गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । मर्निङवाकमा निस्किएका  ५४ वर्षीय हुसेनलाई मोटरसाइकलमा आएका  दुर्इ व्यक्तिले गोली हानेका थिए ।

अज्ञात समूहले हानेको गोली लागी घाइते भएका हुसेनलाई उपचारको लागि नोबेल अस्पताल, विराटनगर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको  प्रहरीले जानएकाे छ।हुसेनको देब्रे छातीमा गोली लागेको छ ।  हुसेनमाथि कसले र किन गोली हान्यो भन्ने खुलेको छैन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री