सिन्धुलीको उकालोमा कार र हायस जुध्दा ११ जना घाइते

काठमाडौं । सिन्धुलीमा कार र हायस एक आपसमा ठोक्किँदा ११ जना घाइते भएका छन् ।

मदन भण्डारी राजमार्ग अन्तर्गत दुधौली नगरपालिका वडा नम्बर ७ मा कार र हायस ठोक्किएका थिए ।

कटारीबाट भिमान जाँदै आउँदै गरेको बा ५ ख ७३० नम्बरको हायस र भिमानबाट कटारी जाँदै गरेको बा ७ च ९७९० नम्बरको कार एक आपसमा जुधेका थिए ।

दुर्घटनामा परेर घाइते हुनेमा काठमाडौं महानगरपालिका ३२ की ४८ वर्षीय रञ्जु कुमारी घिमेरी,सुनसरीको दुहबी नगरपालिका ४ का ५२ वर्षीय देवी आचार्य,ललितपुरको महालक्ष्मी नगरपालिका ३ का ३४ वर्षीय नीरज खड्का, ३२ बर्षीया निशा पोखरेल, ५ वर्षीय त्रिसन खड्का रहेका छन् ।

यस्तै मोरङको बेलबारी नगरपालिका ३ की ३६ बर्षीया रिता राई, विराटनगर महानगरपालिका १९ की ४१ बर्षीया शारदा श्रेष्ठ, बेलबारी नगरपालिका ६ की २१ बर्षीया प्रतिठा चौधरी, २३ बर्षीया प्रिया लिम्बु,२ वर्षीय यन्सु हाङमा लिम्बु, उदयपुरको कटारीकी २१ बर्षीया सज्नु थापामगर घाइते भएका छन् ।

घाइतेहरूको कटारी अस्पताल, सिन्धुली अस्पताल प्रयाग पोलिक्लिनीक लगायतका अस्पतालमा उपचार भइहरेको सिन्धुली प्रहरीले मकालुखबरलाई जानकारी दियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रहरीका २८९ लेखापालको सरुवा, अब को कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका २८९ जना लेखापालहरुको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको …

प्रतिकृया दिनुहॊस