म केपीजीलाई विश्वास गर्छु : प्रधानमन्त्री

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा आफूहरू नरहेको बताएका छन् । आज (सोमबार) ललितपुरको गोदावरीमा नेकपा एमालेको हिरक जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पहिलाको जस्तो गरेर हतारमा, हौसिएर कम्युनिष्ट एकता भन्ने पक्षमा आफूहरू नरहेको जिकिर गरे ।

उनले यसअघि कम्युनिष्ट एकता गर्दा बढी हौसिएको अनुभव आफूले गरेको बताएका छन् । उनले अहिले कम्युनिष्ट पार्टीहरूबीच सहकार्यको सुरुवात भएको भन्दै जनतालाई र देशलाई राम्रो सेवा दिने अवसर रहेको बताए । प्रधानमन्त्री दाहालले समृद्धिको जनताको आकांक्षा, सामाजिक न्याय, सुशासनको आकांक्षालाई महसुस हुनेगरी काम गर्न आवश्यक रहेको उल्लेख गरे ।

‘म केपीजीलाई विश्वास गर्छु’
प्रधानमन्त्री प्रचण्डले आफूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति विश्वास रहेको बताएका छन् । उनले एकता र सहमतिबाट मात्रै देशमा ठूला राजनीतिक परिवर्तन भएको बताए । उनले भने, ‘क्याबिनेट बैठक लम्बिएपछि म समयमा आउन पाइन, यहाँ जुन भिडियो क्लिप प्रस्तुत भयो सबै त मैले हेर्न पाइनँ । त्यो समीक्षात्मक रिपोर्ट हेरे । मलाई त्यहाँ बस्दै गर्दा कमरेड केपी ओलीले त्यस्तो नकारात्मक टिप्पणी माओवादीको बारेमा खासै गरिएको छैन भन्नु भयो म केपीजीलाई विश्वास गर्न चाहन्छु ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रहरीका २८९ लेखापालको सरुवा, अब को कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका २८९ जना लेखापालहरुको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको …

प्रतिकृया दिनुहॊस