[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]
आजको पञ्चाङ्ग
वि.सं. वैशाख ११, २०८१ । ई.सं. 23 Apr, 2024 । शक संवत् १९४६ । नेपाल संवत् ११४४ चौलाथ्व । कालयुक्त उत्तरायण वसन्त । मंगलबार चैत्र शुक्लपक्ष । तिथि पूर्णिमा ०४:५१ बजेसम्म, त्यसपछी प्रतिपदा । नक्षत्र चित्रा २२:२४ बजेसम्म, त्यसपछी स्वाती । योग वज्र ०४:५८ बजेसम्म, त्यसपछी सिद्धि । करण भद्रा १६:०६ बजेसम्म, त्यसपछी वव ०४:५१बजेसम्म, त्यसपछी वालव । चन्द्रराशि कन्या । आनन्दादि योग ध्वांक्ष । दिनमान १३:० । सूर्योदय ५:३३ । सूर्यास्त १८:३३ । पुर्णिमा व्रत, देवीजात्रा, वैशाखस्नानशुरु, ल्हुतिपुन्हि/ ल्हुतिस्नान, हनुमान जयन्ती, बालाजुमा २२ धारा स्नान मेला,बैतडीको बिश्वनाथ मन्दिरम कोटिहोम मेला, लोकतन्त्र दिवस, प्रतिलिपी अधिकार दिवस । सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा ।
राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सजिलै अरूको मन जित्न सकिनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ ज्ञान सिक्ने मौका र रोजगारको अवसर मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । श्रमको उचित मूल्याङ्कन हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकायको भय रहला । शेयर बजारले पनि साथ नदेला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । प्रेम जीवन सुखद् नै रहनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ, तर शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आजको दिन लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय रहनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) उच्च महत्वकाङ्क्षा र विगतका गलत निर्णयले पनि काममा चुनौती र झमेला आउने देखिन्छ, तर आफन्त बाट साथ र सहयोग मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । धर्मकर्ममा मन पनि लाग्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य क्षेत्रबाट विशेष सफलता हात लाग्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्य सिद्धिको योग छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा पनि हुनसक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) निर्णय कार्यान्वयन हुन सक्दैनन् । आत्मबलमा कमी आउनेछ । मनमा दुबिधा उत्पन्न हुनेछ । मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । जोशजाँगर र उमङ्ग बढ्नेछ । नयाँ काममा हात हाल्ने समय छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट
प्रतिकृया दिनुहॊस