अर्थ सचिवमा मधु मरासिनीको कमब्याक

काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा मधु मरासिनीलाई ल्याउने निर्णय गरेको छ । नेशनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतबाट सफाइ पाएको तेस्रो दिनै सचिव मरासिनी अर्थ सचिव बन्ने भएका हुन् । सरकारको बजेट आउनु ३५ दिनअघि अर्थ सचिव सरुवा गरेको हो । विशेष अदालतबाट सफाइ पाएका मरासिनीलाई सरकारले पुनः अर्थसचिव बनाएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई अर्थमा ल्याउने निर्णय गरेको सरकारकी प्रवक्तास मेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । मुद्दा दायरपछि स्वतः निलम्बनमा परेका मरासिनीले अदालतबाट सफाइ पाएपछि आइतबार प्रधानमन्त्री कार्यालयमा हाजिर गरेका थिए । गत असोजमा मुद्दा दायर हुँदा मरासिनी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा थिए ।

बजेटमा ल्याउने बेला मरासिनी अनुभवी भएकाले ल्याइएको स्रोतले बताउँछ । मरासिनीले अर्थ मन्त्रालयमा वैदेशिक सहायता, बजेटलगायत महाशाखामा बसेर काम गरिसकेका छन् । उनले यसअघि पनि अर्थसचिवका रुपमा काम गरेका थिए । सचिवका रुपमा उनको कार्यकाल अब १५ महिना मात्र छ ।

हुलाकबाट निजामती सेवामा प्रवेश गरेका मरासिनी केही समयमै राजस्व सेवामा गएका थिए । उनीसँग अर्थ मन्त्रालय मातहतका विभिन्न निकायमा २५ वर्ष काम गरेको अनुभव छ । प्रधानमन्त्री प्रचण्डले आइतबार मात्र पुरानो ढर्राभन्दा बाहिर रहेर नयाँ तरिकाले बजेट र नीति तथा कार्यक्रम ल्याउने बताएका थिए ।

अर्थमन्त्री पुनले यसअघिका अर्थसचिव पुष्करलाई पत्याउन सकिरहेका थिएनन् । उनलाई मन्त्रालयबाट सरुवा गर्न धेरैले सुझाव दिएका थिए । पुष्कर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा निकटका पात्र हुन् । यसअघिका अर्थमन्त्री डा. प्रकाशशरण महतले पनि पुष्करलाई सरुवा गर्न खोजेका थिए । तर बुढानिलकण्ठको दवावका कारण महतको जोड चलेको थिएन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रहरीका २८९ लेखापालको सरुवा, अब को कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका २८९ जना लेखापालहरुको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको …

प्रतिकृया दिनुहॊस