ह्वाइट लोटस पावरले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ नियुक्त

काठमाडौं । ह्वाइट लोटस पावर कम्पनीले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पुँजीको २६ प्रतिशत अर्थात् १२ लाख कित्ता सेयरा जारी गर्न लागेको हो ।

यसले १ सय अंकित मूल्यामा आइपीओ जारी गर्न लागेको हो । उक्त आइपीओ निष्कासनको लागि यस कम्पनीले बिक्री प्रबन्धकको रुपमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ ।

यस सम्बन्धी सम्झौतापत्रमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र ह्वाइट लोटस पावरका तर्फबाट कार्यकारी निर्देशक सुमन कुमारी जोशीले हस्ताक्षर गरेका हुन् ।

ह्वाइट लोटस पावरले लमजुङ्ग जिल्लाको भुलभुलेस्थित हिदि खोलाको पानी सदुपयोग गरी ६.८२ मेगावाटको नदि प्रवाहिमा आधारित हिदि खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

काठमाडौं । सरकारले एक सय रुपैयाँ दरको नोटको डिजाइन परिवर्तन गर्ने निर्णय गरेको छ । …

प्रतिकृया दिनुहॊस