सामुदायिक लघुवित्तको आइपिओको बिक्री खुला

काठमाडौं । सामुदायिक लघुवित्तको साधारण सेयर(आइपिओ) निष्कासन तथा बिक्री खुला भएको छ । बैंकले निष्कासन गरेको आइपिओमा लगानीकर्ताले मंसिर २ देखि ५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा ३ लाख कित्ता आइपिओ निष्कासन गरेको हो । लघुवित्तले निष्कासन गरेको तीन लाख कित्ता आइपिओमध्ये १२ हजार कित्ता संस्थाका कर्मचारी र १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।

सर्वसाधारण लगानीकर्ताले २ लाख ७३ हजार कित्ताका लागि मात्र आवेदन गर्न सक्नेछन् । संस्थाको आइपिओमा न्यूनतम ५० र बढीमा १ हजार ५ सय कित्तासम्म आवेदन दिन सकिने नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले जनाएको छ ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सि आश्वा सदस्य रहेका बैंक तथा वित्तिय संस्थाबाट आवेदन दिनसक्ने छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला १ लाख …

प्रतिकृया दिनुहॊस