काठमाडौं । सरकारले वित्तीय जवाफदेहिता सुनिश्चित गर्न ‘आर्थिक कार्यविधि ऐन’ ल्याउने घोषणा गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तीय संघीयता कार्यान्वयन भएको करीब ५ महिनापछि वित्तीय जवाफदेहिता सुनिश्चित हुने गरी आर्थिक कार्यविधि ऐन ल्याउन लागिएको जानकारी दिएका हुन् ।
सार्वजनिक वित्तीय व्यवस्थापनसम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीलाई आईतबार काठमाडौंमा उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले भने, ‘दातृ निकाय र करबाट जम्मा गरिएको रकम दुरुपयोग हुन नदिन सरकारले आर्थिक कार्यविधि ऐन तत्काल ल्याउने तयारी गरेको छ ।’ करको रकम दुरुपयोग हुन नदिन मातहतका सचेत गराएका खतिवडाले वित्तीय संघीयता कार्यान्वयन सहज ढंगले अघि बढिरहेको दाबी गरेका थिए ।
आर्थिक कारोबार पारदर्शी बनाउन सरकारले सबै निकायमा विद्युतीय भुक्तानी कारोबार प्रणालीलाई लागू गर्ने काम तीव्रताका साथ गरिरहेको अर्थमन्त्री खतिवडाको भनाई छ ।
प्रतिकृया दिनुहॊस