विदेशी सम्बन्धनका कलेजमा विद्यार्थी भर्ना नगर्न मन्त्रालयको आग्रह

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति नलिई सञ्चालनमा रहेका विदेशी शिक्षण संस्थाको सम्बन्धनका कलेजमा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ ।

मन्त्रालयले सूचना जारी गरी ‘ए लेभल’, ‘इन्टरनेशनल ब्याकालरेट्स’, ‘सिएसइबी’ र सोसरहका कार्यक्रम सञ्चालन गर्न अनुमति लिएका ४९ संस्थाको सूची सार्वजनिक गर्दै ती बाहेकका संस्थामा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको हो ।

इन्टरनेशन एजुकेसन प्रोभाइडर्स अफ नेपाल (आइप्यान) ले भने नेपालमा ८९ संस्था सञ्चालनमा रहेका जनाएको छ । अनुमति नलिई सञ्चालन हुने संस्थालाई कारबाही गर्ने चेतावनी मन्त्रालयले दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सगरमाथा क्षेत्रमा मंगोलियन नागरिकको शव फेला

काठमाडाैं । सगरमाथा आरोहणका क्रममा सम्पर्कविहीन भएका दुई जना मङ्गोलियन नागरिक सम्पर्कविहीन भएकामा एक जनाको …

प्रतिकृया दिनुहॊस

This will auto close after