प्रतिपक्षको अवरोधपछि वैशाख २ गतेसम्मका लागि संसद् स्थगित

काठमाडौं । प्रतिनिधि सभा बैठक वैशाख २ गतेसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस र राप्रपाको अवरोधका कारण आजको संसद बैठक चल्न सकेन ।

कांग्रेसले गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्न माग गर्दै सदन अवरुद्ध गर्दै आएको छ । राप्रपाले भने आफ्नो प्रदर्शनमा गृहमन्त्रीको निर्देशनबाट दमन भएको भन्दै गृहमन्त्रीको राजीनामा मागिरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री