सिटिजन्स बैंक र स्काई वाकबीच सम्झौता, टिकट किन्दा छुट पाइने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र वोन्डर्स नेपाल प्रालि (स्काई वाक)बीच सम्झौता भएको छ ।

सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने सम्झौता भएको हो । सम्झौता हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले स्काई वाकको टिकट खरिद गर्दा १० प्रतिशतसम्मको छुट पाउने छन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास लिएको बैंकले जनाएको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भारतको मुम्बईमा भिषण वर्षा, विद्यालय र कलेज बन्द

काठमाडौं । भारी वर्षाका कारण भारतको मुम्बई अस्तव्यस्त बनेको छ । भारतको आर्थिक राजधानी भनेर …

प्रतिकृया दिनुहॊस

This will auto close after