गरिमा विकास बैंकद्वारा विभिन्न कार्यक्रमहरू गरि Global Money Week 2024 समापन

काठमाडौँ । बालबालिका र युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ सन् २०१२ देखि विश्वभर मनाउने गरिएको Global Money Week 2024 को १२औं शृङ्खला गरिमा विकास बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरू गरी भव्यरुपमा मनाएको छ ।

“Protect Your Money, Secure our Future” भन्ने नाराका साथ विश्वव्यापी रुपमा २०२४ मार्च १८ देखि २४ सम्म मनाइएको यस कार्यक्रममा गरिमा विकास बैंक लिमिटेडले देशका ७ वटा प्रदेशमा रहेका विभिन्न स्कुल, कलेज, शैक्षिक संघ–संस्थाहरुसंगको समन्वयमा विभिन्न तहका विद्यार्थीहरूलाई लक्षित गर्दै वित्तीय साक्षरता, वित्तीय अन्तरक्रिया, शैक्षिक सामग्री वितरण, वित्तीय चेतना प्रभातफेरी लगायतका १८ वटा कार्यक्रमहरू सम्पन्न गरेको छ ।

विकास बैंकले काठमाण्डौं उपत्यकाको हात्तीगौंडा, नयाबानेश्वर सँगै झापाको बुधबारे, सर्लाहीको लालबन्दी, तनहुँको दमौली, गोरखाको गोरखा बजार, नवलपरासीको सुनवल, स्याङ्जाको चापाकोट, कञ्चनपुरको महेन्द्रनगरमा वित्तीय साक्षरता, मोरङ्गको विराटचोक, धनुषाको जनकपुर, मकवानपुरको हेटौडा, कैलालीको धनगडी र लम्कीमा विद्यार्थीहरूलाई शाखा कार्यालयको अवलोकन भ्रमण गराउनुका साथै बाराको सिमरा, सुर्खेतको वीरेन्द्रनगर, काभ्रेपलान्चोकको बनेपा र कपिलवस्तुको चन्द्रौ६ामा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण कार्य सम्पन्न गरेको छ ।

उल्लेखित कार्यक्रमहरूबाट देशभरका १३ सयभन्दा बढी विद्यार्थी प्रत्यक्षरुपमा लाभान्वित भएका छन । यस विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समय–समयमा विभिन्न सामाजिक उत्तरदायित्वमुखी कार्यक्रमहरू गर्दै आइरहेको छ ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर र ५१ वटा ATM मार्फत ग्राहकहरुलार्ई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नबिल बैंकबाट १ करोड ३४ लाख चोर्ने ४ जना पक्राउ

काठमाडौं । नबिल बैंकको वीरगन्ज शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी गर्ने …

प्रतिकृया दिनुहॊस