वाणिज्य बैंकहरू मध्ये डिजिटल बैंकिङमा ‘एनआइसी एसिया’ सबैभन्दा अगाडि

काठमाडौँ । एनआइसी एसिया बैंकको मोबाइल एप ‘एनआइसी एसिया मोबैंक’ झण्डै २ मिलियन अर्थात् २० लाख डाउनलोडको नजिक पुगेको छ । मुलुकमा सञ्चालित वाणिज्य बैङ्कहरू मध्ये डिजिटल बैंकिङमा एनआइसी एसिया बैंक सबैभन्दा अगाडि बनेको हो ।

एनआईसी एसिया बैंकले ल्याएको मोबाइल बैंकिङ्ग एप ९मोबैंक० निकै लोकप्रिय छ । बैंकिङ्ग कारोबारलाई पूर्ण डिजिटल प्रविधिमा लैजान प्रयासरत बैंकले हाल ९५ प्रतिशत सेवा डिजिटलबाट नै गरिरहेको जनाएको छ ।

बैंकका अनुसार एन्ड्रोइड र आइफोनमा उपलब्ध मोबाइल एप ९मोबैंक० मा विभिन्न आकर्षक फिचरहरू रहेका छन् ।

आईपीओ भर्न सकिने
पछिल्लो समयमा शेयर कारोबारप्रति आम ग्राहकहरूको चासो तीव्ररुपमा बढेको छ । डिम्याट खाता खोल्ने र सीआरएन नम्बर लिने ग्राहकको संख्यामा वृद्धि आएसँगै यो बैंकले मोबाइल एपबाट आईपीओ भर्न सकिने सुविधा ल्याएको छ । जहाँबाट एक मिनेटमै आईपीओ भर्न सकिन्छ ।

बाइल टपअप
विगतका दिनहरूमा मोबाइल रिचार्ज गर्न पनि पसलमा गएर रिचार्ज कार्ड किन्नुपर्थ्यो । दिनहरू परिवर्तन भइसकेका छन् । हाल सञ्चालनमा रहेको नेपाल टेलिकम, एनसेल बैंकको मोबाइल एपबाटै गर्न सकिन्छ । यतिमात्र होइन डिसहोम लगायतका टेलिभिजनको रिचार्ज र अन्य युटिलिटी पेमेन्ट पनि मोबाइल एपबाटै गर्न सकिन्छ ।

कार्डलेस विथडू
यदि तपाईँसँग एटिएम कार्ड छैन भने के पैसा झिक्न के गर्नु हुन्छ रु चेक खोज थाल्नु हुन्छ रु एटिएम मेसिनबाट पैसा झिक्न एटिएम कार्ड नभए पनि हुने भएको छ। बैंकले मोबाइल एपको ‘कार्डलेस विथड्र’ फिचर प्रयोग गरेर एटिएमबाट पैसा झिक्न सक्ने सुविधा यसअघि नै ल्याइसकेको छ । तपाईँले आफ्नो डाटा खोलेर वा अन्य कुनै इन्टरनेट नेटवर्कबाट यस बैंकको मोबाइल एपमा रहेको कार्डलेस विवडू अप्सन प्रयोग गरेर पैसा झिक्न सकिन्छ । कार्डलेस विथइमा विवरणहरू भरेपछि ओटीपी कोड आउँछ, उक्त ओटिपी कोडलाई एटिएम मेसिनमा हालेपछि अन्य विवरण भरेर सजिलै पैसा झिक्न सकिन्छ ।

पैसा पठाउन सकिने
यस बैंकको मोबाइल एपबाट एनआईसी एसिया बैंकभित्र र आफूले चाहेको अन्य कुनै पनि बैंक खातामा पैसा पठाउन र पाउन सकिन्छ । यसमा फन्ड ट्रान्सफर सेवा र आइपीएस ट्रान्सफर सेवा पनि रहेको छ । साथै, क्युआर कोड स्क्यान गरेर पनि पैसा पठाउन सकिन्छ ।

फिक्स्ड डिपोजिट गर्न सकिने
बचत खातामा भन्दा मुद्दती खातामा धेरै ब्याज पाइन्छ । यदि तपाई चाहनुहुन्छ भने बचत खातामा रहेको रकमलाई यस बैंकको मोबाइल एपबाट फिक्स्ड डिपोजिट आफै गर्न सक्नुहुन्छ । तपाई कति रकम कति समयलाई मुद्दती खातामा राखे हो भन्ने उल्लेख गरेर मोबाइल एपबाटै मुद्दती खातामा राख्न सकिन्छ ।

ई–कमर्श सुचारु
पछिल्लो समयमा अनलाइन सेवा उपलब्ध गराउने प्लेटफर्म र उपभोक्ताको संख्या तीव्र बढेको छ । अनलाइन सेवा लिने ग्राहकले अनलाइन पेमेन्ट गर्नुपर्छ । यसको लागि एनआईसी एसिया बैंकको मोबाइल एपबाट आफ्नो डेबिट र क्रेडिट कार्डमा इकमर्श एक्टिभ गर्न सकिन्छ । आफ्नो कार्डमा ई–कमर्श एक्टिभ गरेपछि मात्र अनलाइन सपिङको लागि भुक्तानी गर्न सकिन्छ ।

युटिलिटी बिल पेमेन्ट
आम उपभोक्ताले उपभोग गर्ने खानेपानी, विद्युत, इन्टरनेट, टिभी आदिको बिल तिर्न अब उनीहरूको कार्यालयसम्म धाउनु पर्दैन । यो बैंकको मोबाइल एपमा यस्ता सेवाको शुल्क तिर्न सक्ने सुविधा उपलब्ध गराएको छ । मोबाइल एपको पेमेन्टमा गएर यस्ता धेरै सेवाको शुल्क तिर्न सकिन्छ ।

सातै दिन र चौबिसै घण्टा सेवा
बैंकले ग्राहकको सेवा सुविधामा कमी नहोस् भनेर सातै दिन चौबिसै घण्टा ‘कस्टुमर केयर’ ग्राहक सेवा उपलब्ध गराएको छ । साथै, बैकले आफ्नो मोबाइल एप, वेबसाइट, भाइबजर वा अन्य सामाजिक सञ्जालबाट चौबिसै घण्टा सेवा उपलब्ध गराइरहेको छ ।

रेमिट्यान्सको सेवा
यस बैंकको मोबाइल एप प्रयोग गरेर रेमिट्यान्स पठाउन सकिन्छ, जसले गर्दा एजेन्टसम्म पुग्नु पर्ने लागत र समय कम हुनेछ । अर्को सुविधा भनेको यस बैंकमा खाता नभएका व्यक्तिलाई पनि यस बैंकको मोबाइल एप प्रयोग गरेर रेमिट्यान्स पठाउन सकिन्छ । यसरी पैसा पठाउँदा पाउने व्यक्तिको नाम, मोबाइल नम्बर, ठेगाना स्पष्ट हुनुपर्छ।

खाता स्टेटमेन्ट
यस बैंकको मोबाइल एपबाट भुक्तानी लगायतका काम सहित ग्राहकले खाता सम्बन्धी विभिन्न कामहरु गर्न सक्छन् । खाताको पूर्णविवरण हेर्न, स्टेटमेन्ट निकाल्न, चेक रिक्वेष्ट, कार्ड रिक्वेष्ट, नयाँ खाता खोल्न, केवाइसी अपडेटदेखि खाता सम्बन्धी अधिकांश काम मोबाइल एपबाट गर्न सकिन्छ ।

बैंकको वेबसाइट एनआइसी एसिया बैंक डट कमबाट पनि धेरै काम गर्न सकिन्छ । यही रहेको आइसर्भ भने अप्सनमा घरबाटै काम गर्न सकिने धेरै सुविधाहरू राखिएका छन् ।

एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले यस बैंकको डिजिटल सेवा सबैभन्दा उत्कृष्ट रहेको बताए । मोबाइल एप, आइसर्भदेखि वेबसाइटमा रहेको विभिन्न सुविधाहरूबाट अधिकांश काम धरमै बसेर गर्न सकिने उनी बताउँछन् ।
‘हामीले मुलुककै सबैभन्दा उत्कृष्ट डिजिटल बैंकिङ सेवा दिइरहेका छौं’ सिइओ न्यौपानेले भने,‘मोबाइल एप र वेवासाइटबाट बैंकसँग सम्बन्धित अधिकांश काम गर्न सकिन्छ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस