आइएमई पेमार्फत रेमिट्यान्स प्राप्त गर्दा ५ सय रुपैयाँसम्म बोनस

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले मनिग्रामार्फत विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा पाँच सय रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ । फागुन १० गतेबाट सुरु भएको सो अफर दुई महिनासम्म रहने छ ।

यस अफरअन्तर्गत विदेशमा रहेका सेवाग्राहीले मनिग्राम मार्फत पठाएको रकम आइएमई पे मार्फत प्राप्त गर्दा पाँचसय रुपैयाँ बोनससम्म पाउन सक्नेछन् ।

मनिग्राम बाहेक अन्य रेमिटेन्स सेवाहरू अल अन्सारी, इजी रेमिट, इन्स्ट्यान्ट क्यास मार्फत पठाइएको रकम आइएमई पे मार्फत प्राप्त गर्दा पनि एक सय रुपैयाँ बोनस प्राप्त गर्न सकिने छ । आइएमई पेमार्फत संसारको कुनै पनि देशबाट पठाएको पैसा प्रयोगकर्ताहरूले सजिलै प्राप्त गर्न सक्छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ सफल : १० लाखभन्दा बढी सहभागी

काठमाडौँ । नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ ले आफ्नो करोडौँको अफर रहेको ‘द बिगेस्ट पेमेन्ट …

प्रतिकृया दिनुहॊस