‘ग्लोबल मनी विक-२०२४’: प्रभु बैंकका १३० भन्दा बढी शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । प्रभु बैंक लिमिटेडले प्रोटेक्ट योर मनी सेक्युर योर फ्युचर भन्ने नाराका साथ सञ्चालन गरेको ‘ग्लोबल मनी विक-२०२४’ सम्पन्न भएको छ । चैत ५ गतेदेखि ११ सम्म वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको थियो ।

सो कार्यक्रम अन्र्तगत साईकल र्‍याली, बालबालिका र युवा लक्षित चेतनामूलक कार्यक्रम तथा प्रभातफेरी आयोजना गरिएको थियो ।

बैंकले विभिन्न समुदाय, महिला र बालबालिका, स्कुल तथा कलेजहरुमा आधुनिक बैंकिङ्ग (आर्थिक कारोवार बैंक तथा वित्तीय संस्थाबाट मात्र गरौं), बचत, ऋण, लगानी, विद्युतीय बैंकिङ्ग सेवा र यसमा अपनाउनुपर्ने सावधानीहरुका विषमा जानकारी गराएको थियो ।

प्रभुले आफ्नो आधिकारीक सामाजिक सञ्जालबाट समेत यस सम्बन्धमा सचेतना अभिवृद्धि गर्दै आएको छ । अज्ञात स्रोतबाट प्राप्त लिंक कतै नखोल्न, संंवेदनशिल विवरण शेयर नगर्न, डिजिटल ठगीबाट सुरक्षित रहन समेत विभिन्न सूचनाहरु सम्प्रेषण गर्दै आएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले सातै प्रदेश अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम अगाडि बढाएको छ ।

बैंकका नेपालभर ३०२ शाखा कार्यालय, ३१० एटीएम साथै ७१ एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकहरुलाई विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथ बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ ।

वित्तीय साक्षरता कार्यक्रम संचालन भएका शाखाहरुः
लो घेकर दामोदर कुण्ड, हरि चोक, लोमान्थ्याङ, काकरभिट्टा, रौतामाई, मंगला, चोरमारा, धौलागिरी, माछापुच्छ«े, मझगवा, सन्दकपुर, विरेन्द्रबजार, काठेखोला, मुक्तिनाथ, बरेङ, रघुगंगा, मुर्गिया, पाल्पा, बज्रबाराही, कुश्मा, परोहामा वित्तिय साक्षरता कार्यक्रम गरेको छ ।

यस्तै भण्डारा, बारपाक, बारादी, तिनपैनी, विरेठाटी, मनाङ, भिमाड, बेनी, टिकापुर, बुर्तिबाङ, जुम्ला खलँगा, निजगढ, नयाँरोड, गौशाला, कटारी, गौर, भरतपुर, चतरा, जोमसोम, वालिङ, चेपेटार, भिमफेदी, लामीडाँडा, बडीगाड, हलेशी, तामानखोला, मलारानी, रानीबास, बासगढी, गोपीगंज, पदमपुर, र लम्की शाखामा पनि कार्यक्रम गरेको हो ।

यता ओखलढुंङ्गा, नारायणगढ, लालबन्दी, कुरिनटार, बटार, गोडाइटा, गाईघाट, दामन, मनहरी, मलंगवा, बरथवा, पालुङटार, विरगंज, साफेबगर, बिहाडी, लिवाङ, बयलबास, हतुवागढी, बर्दिवास, दोलालघाट, भोजपुर, चन्द्रनिगाहापुर, ताराखोला, खाँदबारी, जनकपुर, तौलिहवा, तालचोक, फुङ्गलिङ, बरियापट्टी, अमरसिंह चोक, ग्रामथन, डुम्रे, निसिखोला, इनरुवा, प्याउली, प्रगतीनगर, पत्थरी, सन्दीखर्क, चन्द्रगढी शाखामा वित्तिय साक्षरता कार्यक्रम गरिएको हो ।

यस्तै, महेन्द्रनगर, अमुवा, लायन्सचोक, बाझपाटन, गुलेरिया, पर्सा, रुकुम,श्रीनगर, फिदिम, विजयनगर, गरुडा, शान्तिपुर, डिमुवा, मनिग्राम, दमक, विराटनगर, धाकदही, बर्दघाट, खर्पूनाथ, लुम्बिनि, कोहलपुर, गोर्खा, बगर, लमही, दिक्तेल, गलकोट, एकडारा, विरौटा, पोखरा, इटहरी, घोराही, मुखियापट्टी, बेशीशहर, बाग्लुङ, तमघास, भैरहवा, धनगढी, बिर्तामोड, अमरपथ लगायतका शाखाहरुमा पनि वित्तिय साक्षरता कार्यक्रम गरिएको बैंकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कुमारी बैंकका क्युआर मर्चेन्टस्हरूलाई बिना धितो २ लाख सम्मको ‘फोनलोन’ सुविधा

काठमाडौँ । कुमारी बैंक लिमिटेडले क्युआर कोडबाट कारोबार गर्ने आफ्ना क्युआर मर्चेन्टहलाई बिना झन्झट कुमारी …

प्रतिकृया दिनुहॊस