मेगा बैंकको नाफा ३९४ प्रतिशतले बढ्यो

काठमाडौं । मेगा बैंकको नाफा ३९४ प्रतिशतले वृद्धि भएको छ । बैंकले आर्थिक वर्ष २०७५।७६ को पहिलो त्रैमासिक अवधिको लागि प्रकाशित वित्तीय विवरण अनुसार बैंकले खुद मुनाफा ४० करोड ४५ लाख रुपैँया कमाएको छ ।अघिल्लो वर्षकाे सोही अवधिमा बैंकले ८ करोड १८ लाख मुनाफा गरेको थियो भने यस वर्ष बैंकले सो रकममा ३९४ प्रतिशतले उच्च वृद्धि हासिल गरेको छ ।

 

मेगाले तीन महिनामा निक्षेप बढाएर ६६ अर्ब ११ करोड रुपैँया पुर्याएको छ । अघिल्लो वर्षको तुलनामा २६ अर्ब २७ करोड रुपैयाँ अर्थात ६६ प्रतिशत वृद्धि भएको बैंकले   जनाएको छ । त्यसैगरी, कर्जा तथा सापटी २६ अर्ब ५४ करोडले वृद्धि भई ६२ अर्ब २५ करोड कायम भएको छ । यो वृद्धिदर ७४ प्रतिशत रहेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

स्काइवर्थको दसैं अफरः घरायसी उपकरण खरिदमा एमजीको कमेट ईभी जित्न सकिने

काठमाडौं । स्काइवर्थ होम एप्लायन्सेसले दसैंतिहार विशेष अफर सार्वजनिक गरेको छ । स्काइवर्थको नेपालका लागि …

प्रतिकृया दिनुहॊस