फाइल फोटो

रुसी सेनामा भर्ती भएका थप ७ नेपालीको मृत्यु भएको पुष्टि

काठमाडौं । रुसी सेनामा भर्ना भएका थप ७ जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । युक्रेनसँगको युद्धका क्रममा उनीहरूको मृत्यु भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जीतबहादुर बिक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तानको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

थप ७ जनाको मृत्यु भएको पुष्टि भएसंगै रुसमा मृत्यु हुने नेपालीको संख्या १९ पुगेको छ । नेपाल सरकारको प्रयासहरूका बाबजुद रुसी सेनामा कार्यरत थप सात जना नेपाली नागरिकहरूले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds