कीर्तिमान बनाएको सुनको मूल्यमा गिरावट

काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बुधबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य १ हजार रुपैयाँले घटेको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २५ हजार रुपैयाँ कायम भएको छ । तेजाबी सुनको मूल्य तोलाको १ लाख २४ हजार ४०० रुपैयाँ कायम छ । यसअघि मंगलबार छापावाल सुनको मूल्य १ लाख २६ हजार रुपैयाँ कायम भएको थियो भने तेजाबी सुनको भाउ तोलाको १ लाख २५ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो ।

आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले घटेर १४ सय ६५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १४ सय ८५ रुपैयाँ रहेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री