इसेवाले फेरि ल्यायो ‘मेरो यात्राको साथी’ अफर, २ लाख जित्ने मौका

काठमाडौं । इसेवाले यस वर्ष पनि पुन: ‘मेरो यात्राको साथी’ नामक अफर सार्वजनिक गरेको छ। अफरअन्तर्गत प्रयोगकर्ताले इसेवाबाट होटेल बुक गर्दा वा बसको टिकट काट्दा अथवा आन्तरिक वा अन्तर्राष्ट्रिय हवाई जहाजको खरिद गर्दा २ लाख जितेर डबल लखपति बन्ने मौका रहेको इसेवाले जनाएको छ।

इसेवामा रहेको यात्रा सम्बन्धी यी सेवाहरूको प्रयोगमा प्रयोगकर्ताले अन्य थुप्रै क्यासब्याक तथा आकर्षक उपहार पनि जित्ने मौका रहेको छ। ‘मेरो यात्राको साथी २’ नाम दिइएको उक्त अफर मार्फत् यात्राको लागि इसेवाको प्रयोग गरी हवाईजहाज टिकेटिङ, बस टिकेटिङ, होटेल बुकिङ तथा अन्तर्राष्ट्रिय हवाईजहाज टिकेटिङमा आकर्षक अफरहरू सामेल गरिएको इसेवाले जनाएको छ। यी विविध सेवामध्ये कम्तीमा कुनै पनि एक सेवाको प्रयोगमा एक प्रयोगकर्ताले बम्पर उपहार स्वरूप २ लाख प्राप्त गरेर भाग्यशाली विजेता घोषणा हुने कम्पनीले बताएको छ।

यस अफर अन्तर्गत अन्य थुप्रै आकर्षक उपहारको सूचीमा प्रत्येक सेवाको लागि विविध अफर पनि ल्याएको छ। आन्तरिक हवाइजहाज टिकट खरिदमा प्रत्येक हप्ता एक भाग्यशाली विजेताले ७ हजार रुपैयाँसम्मको फूल रिफण्डस्वरूप पूर्ण क्यासब्याक जित्ने मौका पाउन सक्नेछन्l

अफरअन्तर्गत तीन वा बढी आन्तरिक हवाइजहाजको टिकट बुक गर्दा सबैले ३ सय रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्; जसका लागि प्रोमो कोडमा “यात्रा३००” प्रयोग गर्नुपर्नेछ।

त्यस्तै, इसेवामार्फत होटल बुक गर्दा प्रोमो कोडमा “होटेल२००” प्रयोग गरी सबैले २ सय रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन्। त्यस्तै, इसेवाबाट बसको टिकट काट्दा कुल आठ प्रयोगकर्ताले (हरेक हप्ता २ जनाको दरले) अफर अवधिमा १०० प्रतिशत क्यासब्याक (रिटर्न टिकटको मूल्य बराबर) जित्ने मौका मिल्नेछ।

प्रत्येक हप्ता, यी दुई भाग्यशाली विजेताहरू इसेवाको आधिकारिक सामाजिक सञ्जालको पेजमार्फत घोषणा गरिनेछ। साथै प्रोमो कोडमा “यात्रा५०” प्रयोग गरी हरेक दिन पहिलो ५० प्रयोगकर्ताले ५० रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

अझ थप, इसेवाबाट पहिलो पटक बसको टिकट काट्ने प्रयोगकर्ताले “यात्रा१००” प्रोमो कोडको प्रयोगमा सय रुपैयाँ क्यासब्याक पाउन सक्नेछन्। यसैगरी, अन्तर्राष्ट्रिय हवाइजहाजको टिकट खरिदमा हरेक सोमबार बेलुकी ४ देखि ५ बजेसम्म १ हजार ५ सय रुपैयाँसम्म क्यासब्याक (५ प्रतिशतको दरले) प्राप्त गर्न सकिनेछ। यो अफर फागुन १३ देखि चैत १३ गतेसम्म लागू हुनेछ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ सफल : १० लाखभन्दा बढी सहभागी

काठमाडौँ । नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ ले आफ्नो करोडौँको अफर रहेको ‘द बिगेस्ट पेमेन्ट …

प्रतिकृया दिनुहॊस