सितापाइलास्थित घरको कोठाभित्र एक महिला र दुई बच्चा मृत फेला, हत्याको आशंका

काठमाडौं । काठमाडौंको सितापाइलामा तीन जना मृत फेला परेका छन् । ३८ वर्षीया महिला तथा ८ र २ वर्षीया बच्चा घरको कोठाभित्र मृत फेला परेका हुन् ।

घरको कोठाभित्र तीन वटा शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले पुष्टि गरे । जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको उनले बताए । उनकाअनुसार उनीहरुको हत्या भएको आशंका छ ।

घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पुगेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री