दाङमा साइकल जोगाउन खोज्दा बाइक पल्टियो, दुई युवकको मृत्यु

काठमाडौं । दाङको घोराही-तुलसीपुर सडकखण्डमा बुधबार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रा ५ प ५४५३ नम्बरको मोटरसाइकल बिहान करिब ६ बजे घोराही उपमहानगरपालिका-१६ सर्रा चोकमा दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको हो ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार रोल्पाको त्रिवेणी गाउँपालिका-५ का २१ वर्षीय विजय पुन र २४ वर्षीय नेत्र भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, दाङका सूचना अधिकारी डिएसपी जनक मल्लले जानकारी दिए । उनीहरू दुवैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रत्यक्षदर्शीका अनुसार साइकल चालकलाई जोगाउन खोज्दा मोटरसाइकल पल्टिएको थियो । दुर्घटनास्थलमा साइकल भेटिए पनि साइकल चालक पत्ता लागेका छैनन् । प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कालीकोट जीप दुर्घटना : यी हुन् मृत्तक र घाइते (नामसहित)

काठमाडौं । कालिकोट जीप दुर्घटनामा गम्भीर घाइते आठ जनालाई सुर्खेत ल्याइएको छ । पलाँता गाउँपालिका–३ …

प्रतिकृया दिनुहॊस