नेपाल र बंगलादेशका दुई संस्थाबीच सम्झौता

काठमाडाैं । बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल र बंगलादेश इन्स्टिच्युट अफ बैंक म्यानेजमेन्ट, ढाकाबीच बैकिङ तथा वित्तीय क्षेत्रको जनशक्ति विकास सम्बन्धमा दीर्घकालीन रुपमा सहकार्य गर्ने सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

सहमतिपत्रमा बंैकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालको तर्फबाट संस्थाका अध्यक्ष तथा प्रबन्ध सञ्चालक डा. विनोद आत्रेय र बंगलादेश इन्स्टिच्युट अफ बैंक म्यानेजमेन्टको तर्फबाट डाइरेक्टर जेनेरल डा. तोफिक अहमद चौधरीले हस्ताक्षर गरे ।

बैकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल नेपालका १५ वटा बैंक तथा वित्तीय संस्था र इमर्जिङ नेपालले नेपालको वित्तीय क्षेत्रको जनशक्ति विकासका लागि पवद्र्धन गरेको संस्था हो भने बंगलादेश इन्स्टिच्युट अफ बैंक म्यानेजमेन्ट बंगलादेशको केन्द्रीय बैंक सहित अन्य सरकारी तथा निजी क्षेत्रका बैंकद्धारा प्रर्वद्धित सन् १९७४ देखि संचालनमा रहेको संस्था हो ।

सहकार्यमा सर्टिफाइड शैक्षिक कार्यक्रम सञ्चालन गर्ने, सेमिनार, कार्यशाला तथा गोष्ठीहरु आयोजना गर्ने, वित्तीय क्षेत्रमा अनुसन्धान तथा परामर्श सेवा प्रदान गर्ने जस्ता कार्यमार्फत् नेपालको वित्तीय क्षेत्रको जनशक्ति विकासमा योगदान पुर्याउने विश्वास लिइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री