सांकेतिक तस्बिर

जिपको ठक्करबाट साइकलमा सवार दिदीबहिनीको मृत्यु

काठमाडौं । दाङको देउखुरीमा जीपको ठक्करबाट साइकलमा सवार दिदी बहिनीको मृत्यु भएको छ । लमही-भालुवाङ सडकखण्डको राप्ती गाउँपालिका-८ पिपरीमा पूर्वबाट पश्चिमतर्फ गइरहेको प्र३-०१०२२ च १३६९ नम्बरको जीपले बुधबार साँझ सोही दिशातर्फ गइरहेको साइकललाई ठक्कर दिँदा दुर्घटना भएको हाे ।

दुर्घटना परी प्यूठानको झिमरूक गाउँपालिका-१ घर भइ हाल राप्ती गाउँपालिका-८ पिपरी बस्दै आएकी ३५ वर्षीया राधा बस्नेत र उनकी बहिनी १६ वर्षीया विपना केसीकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए ।

जीपको ठक्करबाट गम्भीर घाइते राधाको लमही अस्पतालमा तथा विपनाको क्रिसमस अस्पताल रुपन्देहीमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने जीपका चालक फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विभागले भन्यो- कृषि कर्म गर्नुअघि मौसमबारे जानकारी लिनू, काटिसकेको धान बाली खेतमा नछोड्नू

महाशाखाले विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै वर्षाले विशेषतः कृषि क्षेत्रमा असर पर्ने देखिएकाले कृषि कर्म सुरु गर्नुभन्दाअगावै अध्यावधिक मौसम जानकारी तथा पूर्वानुमान नियमित हेर्न अनुरोध गरेको छ । काटिसकेको धान बाली खेतमा नछोड्न पनि आग्रह गरिएको छ ।

प्रतिकृया दिनुहॊस