कस्तो रहला आजको मोसम ? (तीन दिनको पूर्वानुमान)

काठमाडौं । देशका केही भू-भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा वर्षा र हिमपात हुने भएको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ ।विभागले दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

छविको प्रारम्भिक बयान- म गलत संगतमा परेँ, जीबी र रवि नै जिम्मेवार छन्

काठमाडौं । सहकारी ठगी आरोपमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) छविलाल जोशीले आफू गलत संगतमा परेको बताएका छन् । उनले सोमबार प्रारम्भिक बयानमा आफू गलत संगतमा परेको बताएका हुन् ।

प्रतिकृया दिनुहॊस