कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्नेछ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूलाई बोलाइएको छ । बैठकमा आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकका सम्बन्धमा केन्द्रित रहेर छलफल हुने बताइएको छ । केन्द्रीय कार्यालयले महासमिति बैठकका लागि तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

यसैबीच, कांग्रेसले महासमिति बैठकमा ५६ पेजको नीति प्रस्ताव पेश गर्ने भएको छ । उपसभापति पूर्णबहादुर खड्काले तयार पारेको आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक तथा राजनीतिक विषय समेटिएको नीति प्रस्ताव महासमिति बैठकमा पेश गर्न लागिएको हो ।

महासमितिमा छलफलका लागि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि प्रस्ताव पेश गर्नेछन् । महामन्त्री थापाले सांगठनिक र अर्का महामन्त्री शर्माले समसामयिक राजनीतिक परिस्थितिबारे प्रतिवेदन पेश गर्ने तयारी छ । महासमितिमा छलफल गरिने यी तीन प्रस्ताव आजको केन्द्रीय कार्यसमिति बैठकले पारित गर्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दुर्गा प्रसाईंलाई छोड्ने आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले साइबर अपराधको अभियोगमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेपछि सर्वोच्च अदालतले उनलाई छोड्न अस्वीकार गरेको छ । रास्वपाकी केन्द्रीय सदस्य टीका (ज्वाला) संग्रौलाले दिएको उजुरीका आधारमा प्रसाईंलाई भक्तपुरस्थित घरबाट पक्राउ गरिएको हो ।

प्रतिकृया दिनुहॊस