काठमाडौँ आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना : १० जनाको मृत्यु, ३० घाइते

काठमाडौं । कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने चालकसहित ३० जना घाइते भएका छन् । गएराति १ बजे कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै बस दुर्घटना भएको हो ।

कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौँका लागि छुटेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सुदूरपश्चिम प्रदेश ०२-००१ ख ००९८ नम्बरको बस गएराति करिब सवा १२ बजेतिर सडकबाट झण्डै डेढसय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी उपरीक्षक (एसपी) नवरत्न पौडेलले जानकारी दिए ।

उनकाअनुसार बस सडकबाट भीर हुँदै स्थानीय सुरही खोलामा खसेको छ । घटनास्थल चन्द्रौटाबाट पश्चिम तर्फ पर्छ । घाइते ३० मध्ये ९ जनालाई उपचारका लागि बुटवल रिफर गरिएको छ । अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको एसपी पौडेलले बताए । बसमा ४० यात्रु सवार सवार रहेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार मृतकको सनाखत हुन सकेको छैन । ब्रेक फेल हुँदा बस सडकबाट खसेको हुनसक्ने अनुमान छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

child-death/एकै घरका दुई बालिकाको सर्पले डसेर मृत्यु

घरको बिजुलीको प्लगमा औंला हाल्दा करेन्ट लागेर दुई वर्षीय बालकको मृत्यु

काठमाडौँ । सर्लाहीको गोडैता नगरपालिका-१० सिसौटियामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । स्थानीय …

प्रतिकृया दिनुहॊस