जुलिज केक एण्ड पेस्ट्रीले सुरू गर्‍यो ‘अनलाइन प्लेटफर्म’

काठमाडौँ । नेपालमा २० वर्षदेखि बेकरी व्यवसाय गर्दै आएको जुलिज केक एण्ड पेस्ट्रीले ‘अनलाइन प्लेटफर्म’ सञ्चालनमा ल्याएको छ।

हालसम्म फुडमाण्डु, मुन्चा, ठमेल डटकम जस्ता प्लेटफर्महरूसँगको साझेदारीमा बिक्री वितरण गर्दै आएको जुलिजले स्थापनाको २० वर्ष पार गरेको अवसरमा अनलाइन प्लेटफर्म सञ्चालन गरेको जनाएको छ।

जुलिजकी संस्थापक जुली प्रधानाङ्गले आफ्नो व्यवसायमा रणनीतिक कदमका रूपमा इ–कमर्स क्षेत्रमा अघि बढेको बताइन्।

‘हामी सानो बेकरीको रूपमा यो व्यवसायमा लागेका थियौँ, आज २० वर्षको भएको छ, अहिले १६ जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गरेका छौँ,’ प्रधानाङ्गले भनिन्, ‘अब भने इ–कमर्स क्षेत्रमा पनि पाइला अघि बढाउँदै अनलाइन सेवा अघि बढाएका छौँ।’

जुलिजकी सञ्चालक ज्योति नकर्मीले आधुनिक प्रविधिलाई अगाल्दै गुणस्तर बढाउने काम जुलिजले गरेको बताएइन्। जुलिजले विशेष गरी केक र बेकरीका खाद्य सामाग्री उत्पादन तथा बिक्री वितरण गर्छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एमएडब्लू हायर पर्चेजले पायो उत्कृष्ट करदाताको सम्मान

काठमाडौं । आन्तरिक राजश्व कार्यालय विराटनगरले एमएडब्लू हायर पर्चेजलाई यो पटकको उत्कृष्ट करदाताको सम्मान प्रदान …

प्रतिकृया दिनुहॊस