सोनापुर मिनरल्सको १६औं वार्षिक साधारण सभा सम्पन्न, २ संचालक निर्विरोध निर्वाचित

काठमाडौँ । सोनापुर मिनरल्स् एण्ड आयलको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा दाङको घोराही उपमहानगरपालिका वडा नं १५, स्थित होटल माला इनमा सम्पन्न भएको हो ।

सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आ.व. २०७९ / ०८० को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण आर्थिक वर्षको लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताप पनि स्वीकृत गरेको छ ।

सभाले सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुमा अंकित खड्का र रचना कुमारी ओझा निर्विरोध निर्वाचित गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

श्रमिकले रेमिट्यान्स पठाउने सुनिश्चिता गरेमा विना धितो ऋण पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१ /०८२ मा श्रमिकले रेमिट्यान्स पठाउने सुनिश्चिता …

प्रतिकृया दिनुहॊस