केएमसी ललितपुरमा टेक्नो फेस्ट ५.० सम्पन्न

काठमाडौँ ।  महालक्ष्मी नगरपालिका वडा नं. २ मा अवस्थित काठमाडौं मोडल सेकेन्डरी स्कुलमा एक दिवसीय टेक्नो फेस्ट सम्पन्न भएको छ।

महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा ललितपुर महानगरपालिका र आसपासका ५६ विद्यालयहरूको सहभागिता रहेको थियो।

महालक्ष्मी नगरपालिका तथा रोबोटिक्स एसोसिएसन अफ नेपाल (आरएएन) सँगको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा ३५ वटा प्रोजेक्ट तथा २१ वटा रोबो रेस प्रदर्शन गरिएको थियो।

कार्यक्रममा सहभागीमध्ये रोबो रेसतर्फ भिएस निकेतन माध्यमिक विद्यालयले प्रथम स्थान, केएमसी स्कुल, बुद्धनगरले द्वितीय स्थान र काठमाडौं मोडल सेकेन्डरी स्कुल, बागबजारले तृतीय स्थान हात पार्न सफल भएका थिए।

त्यसैगरी साइन्स एक्पोतर्फ त्रियोग स्कुलले प्रथम स्थान केएमसी स्कुल, बुद्धनगरले द्वितीय र काठमाडौंं कलेज अफ सेन्ट्रल स्टेटले तृतीय स्थान हासिल गरेका थिए।

विजेता समूहहरूलाई क्रमशः नगद १० हजार, ७ हजार र ५ हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

बङ्गलादेशबाट आएको अप्रतियोगी टिम एटलसको प्रदर्शनी विद्यार्थीहरूको आकर्षणको केन्द्र बनेको उक्त कार्यक्रममा केएमसी ललितपुरका विद्यार्थीहरूका सांस्कृतिक नृत्य तथा हस्तकला प्रदर्शनले विद्यार्थीहरूको मन जित्न सफल भएको बताइएको छ।

कार्यक्रममा बोल्दै केएमसी नेटवर्कका डाइरेक्टर तथा हिमालयन इन्जिनियरिङ कलेजका प्रिन्सिपल किशोर गौतमले केएमसी नेटवर्कले आफ्ना विद्यार्थीहरूलाई युग सुहाउँदो शिक्षा दिँदै आएको र यस्ता कार्यक्रमहरू भविष्यमा पनि आयोजना गरिने जानकारी दिए।

के.एम.सी. नेटवर्क का डाइरेक्टर तथा केएमसी ललितपुरका अध्यक्ष डा. दुर्गाजङ्ग के.सी., केएमसी नेटवर्कका डाइरेक्टर मुक्तिराम अर्याल, के एमसी बाल कुमारीका पूर्व प्राचार्य सुरेन्द्र सुवेदी, काठमाडौं मोडल सेकेन्डरी स्कुल, बागबजारका प्राचार्य डा. नगेन्द्र अर्याल, केएमसी एल्मुनाई एसोसिएसनका अध्यक्ष अच्युतम गौतम लगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा मोडल इनिस्टिच्युट अफ टेक्नोलोजीका सिइओ आर के ढकाल तथा रोबटिक्स एसोसिएसन अफ नेपालका अध्यक्ष ओमकार जैसवालको समेत उपस्थिति रहेको थियो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामान्य अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको …

प्रतिकृया दिनुहॊस