महिला प्रिमियर कपमा नेपालको सानदार सुरुवात, हङकङ ८ विकेटले पराजित

काठमाडौँ । नेपालले एसीसी महिला प्रिमियर कपमा विजयी सुरुवात गरेको छ । शनिबार सम्पन्न खेलमा नेपालले हङकङलाई ८ विकेटले पराजित गरेको हो ।

हङकङले दिएको ९४ रनको लक्ष्य पछाएको नेपालले १४ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा कप्तान इन्दु बर्माले सर्वाधिक ४० रन बनाएकी थिइन् भने सिता राना मगरले ३२ रन बनाएकी थिइन् ।

यसअघि पहिला ब्याटिङ गरेको हङकङले २० ओभरमा ८ विकेट गुमाउँदै ९३ रन बनाएको थियो । यो जितसहित नेपालले समूह डी मा विजयी सुरुवात गरेको छ । अब नेपालले दोस्रो खेल भुटानसँग फेब्रुअरी ११ मा र तेस्रो खेल मालदिभ्ससँग फेब्रुअरी १३ मा खेल्ने छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मोरक्को र अर्जेन्टिना खेल चलिरहँदा विवाद, २-१ ले हार्‍यो अर्जेन्टिना

काठमाडौँ । पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलको पहिलो खेलमै विवाद भएको छ । बुधबार …

प्रतिकृया दिनुहॊस