जन्मदिनमा ‘बाँध न मलाई’ भन्दै शाह

काठमाडाैं । काठमाडौं । गायिका रेखा शाहले आफ्नो जन्मदिनमा नयाँ गीत ‘बाँध न मलाई’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । ‘सिमसिमे पानीमा’ गीतबाट नेपाली सांगीतिक क्षेत्रमा ख्याति कमाएकी शाहले आफ्नो जन्मदिनको अवसर पारेर नयाँ गीत सार्वजनिक गर्नुभएको हो ।

गायक एवं संगीतकार रवि शर्मासँगको युगल गायनमा रहेको ‘बाँध न मलाई’ बोलको गीत भिडियो रेखा शाह युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । पुष्कर खत्रीको रचना र संगीत संयोजन रहेको गीतको ‘सिगिङ भर्सन’ भिडियोमा रूपेश थापाको छायाकंन र निर्देशन छ । गीतको भिडियोमा गायिका शाह र गायक शर्माको अभिनय छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पूजालाई समीक्षाको आग्रह- म तपाईँलाई दिदी मान्छु, यसरी पीडा नदिनुस्, प्लिज !

काठमाडौं । गायिका समीक्षा अधिकारीले फिल्म चलाउन आफूलाई बारम्बार प्रहार नगर्न अभिनेत्री पूजा शर्मालाई चेतावनी …

प्रतिकृया दिनुहॊस