ट्याक्सी र पिकअप भ्यान ठोक्किँदा तीनजनाको मृत्यु

काठमाडाैं । निजगढमा गएराति ट्याक्सी र पिकअप भ्यान ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् ।

निजगढ नगरपालिका ७ का आकाश भनिने २५ वर्षीय तिलक माझी, २५ वर्षीय विशाल माझी र भक्तपुरका २९ वर्षीय समुन्द्र श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको निजगढ अस्पताल र एक जनाको चुरेहिल अस्पताल हेटौँडामा उपचारको क्रममा मृत्यु भएको हो ।

ट्याक्सीमा सवार घाइते दुई जनाको उपचार पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ । निजगढ नगरपालिका–९ भमरा पुलमा राति साढे १ बजेतिर तीव्र गतिमा रहेको बा २ च २११७ नम्बरको ट्याक्सीलाई ग २ च २३२५ नम्बरको पिकअप भ्यानले ठक्कर दिएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस