सिरिजमा फर्कियो अस्ट्रेलिया

काठमाडाैं । घरेलु टोली अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको दोस्रो एकदिवसीय सिरिजमा रोमाञ्चक जित निकाल्दै सिरिजलाई १–१ को अवस्थामा ल्याएको छ । तीन खेलको सिरिजको दोस्रो खेलमा अस्ट्रेलियाले एडिलेडमा शुक्रबार ७ रनको जित निकाल्यो । पहिलो ब्याटिङ गर्दे अस्ट्रेलियाले २३१  रन बनाएको थियो ।

जवाफमा दक्षिण अफ्रिकाले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २२४ रन मात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले  ५१ रनको अर्धशतकीय इनिङ खेल्दा फाप डु प्लेसिसले ४७ रन जोडे तर, पराजय टार्नका लागि पर्याप्त भएन् । अस्ट्रेलियाका मार्कुस स्टोनिसले ३ विकेट लिँदा जोश ह्याजलउड र मिचेल स्टार्क्सले २–२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ४८ ओभर ३ बलमा अलआउट हुँदै २३१ रन जोडेको थियो । अस्ट्रेलियाका लागि एलेक्स केरीले ४७ रन जोड्दा कृश लियोनले ४४ रनको योगदान दिए । त्यस्तै कप्तान एरोन फिन्चले ४१ रन जोडे । दक्षिण अफ्रिकाका कागीसो राबडाले ४ तथा ड्वाने प्रेटोरिउसले ३ विकेट लिए । यी दुईबीचको निर्णायक एकदिवसीय खेल आइतबार हुनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल ओमानसँग १ विकेटले पराजित

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको क्यानडा भ्रमणमा नेपालले दोस्रो हार ब्यहोरेको छ । …

प्रतिकृया दिनुहॊस