आईएमई लाइफले छ महिनामा गर्‍यो २३ करोड मुनाफा

काठमाडाैं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । पछिल्लो छ महिनामा कम्पनीले २३ करोड ४७ लाख २५ हजार रुपैयाँ खुद नाफा गरेको हो ।

गत आवको सोही अवधिको तुलनामा यो मुनाफा ९६.१४ प्रतिशतले बढी हो। गत वर्ष उक्त अवधिमा कम्पनीले ११ करोड ९६ लाख ७५ हजार खुद नाफा गरेको थियो ।

कम्पनीले २ अर्ब १० करोड ८२ लाख कुल बीमा शुल्क आर्जन गरेको छ। गत आवको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन १२.३३ प्रतिशतले बढी हो। गत आवको सोही अवधिसम्म कम्पनीले १ अर्ब ८७ करोड ६८ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो ।

यसअ अवधिमा कम्पनीले १ अर्ब ९९ करोड खुद बीमा शुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले १ अर्ब ७९ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आवको तुलनामा खुद बीमा शुल्क आर्जन ११.२० प्रतिशत बढी भएको कम्पनीले जनाएको छ ।

कम्पनीको चुक्ता पुँजी ४ अर्ब छ । चालू आवको समीक्षा अवधिमा कम्पनीले सेयर प्रिमियम शीर्षकमा १ अर्ब ५३ करोड सञ्चित गरेको छ । उक्त अवधिमा कम्पनीको महाविपत्ति कोषमा १५ करोड ३५ लाख र सञ्चित जगेडा कोषमा ८५ करोड २ लाख छ ।

कम्पनीको यस अवधिको वार्षिक प्रतिसेयर आम्दानी ११ रुपैयाँ ७४ पैसा छ भने प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ २७ पैसा छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ सफल : १० लाखभन्दा बढी सहभागी

काठमाडौँ । नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ ले आफ्नो करोडौँको अफर रहेको ‘द बिगेस्ट पेमेन्ट …

प्रतिकृया दिनुहॊस