मुक्तिनाथ विकास बैंकको १० प्रतिशत लाभांश पारित

काठमाडौँ । मुक्तिनाथ विकास बैङ्क लिमिटेडको पोखरामा आफ्नो सत्रौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन पारित गर्दै सेयरधनीहरूलाई १०.२६ प्रतिशत लाभांश दिने प्रस्तावसमेत स्वीकृत गर्दै उक्त साधारण सभा सम्पन्न भएको हो ।

उक्त लाभांश मध्ये ९.७५ प्रतिशत बोनस सेयर र बाँकी ०.५१ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश रहेको छ । सोही सभाबाट आ.व. २०८०/०८१ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरू पारित गरेको छ ।

बंैकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बैङ्कका सञ्चालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठले स्वागत मन्तब्य र बैङ्कका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैङ्कको हालको अवस्था र भावी रणनीतिको बारेमा जानकारी गराएका थिए ।

साधारण सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन उपर विभिन्न सेयरधनीहरूबाट सल्लाह सुझाव र जिज्ञासाहरू आएका थिए । सेयरधनीहरूबाट आएका जिज्ञासाहरूको सम्बन्धमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले प्रस्ट पारेका थिए । सोही समारोहमा बैङ्कका पूर्व अध्यक्ष मीनप्रसाद गुरूङ्गले शुभकामना मन्तव्य राखेका थिए ।

यस वार्षिक साधारण सभाले बैङ्कको नयाँ सञ्चालक समिति समेत चयन गरेको छ । नयाँ सञ्चालक समितिमा भरतराज ढकाल, नारायण कुमार श्रेष्ठ, भरतप्रसाद लम्साल, विनोद कुमार शर्मा र सरोजा श्रेष्ठ (कोइराला) सर्वसम्मत चयन भएको बैङ्कका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरूङ्गले बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री