काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनचाँदीको भाउ बढेको छ । शुक्रबार प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ६ सय रुपैयाँले बढेर १ लाख १९ हजार २ सय रुपैयाँमा किनबेच भएको छ ।
आज तेजावी सुन तोलामा १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य २० रुपैयाँले बढेको छ । आज चाँदी १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
तपाईंको प्रतिकृया




