न्यायाधीशपत्नीद्वारा सर्वोच्च बाहिर आत्मदाहको प्रयास

काठमाडौं । न्यायाधीश भुवन गिरीकी पत्नी आरती गिरीले सर्वोच्च अदालतभित्र आत्मदाह प्रयास गरेकी छन् । सर्वोच्च परिसरमा पसेर उनले आफ्नो शरीरमा प्रज्वलनशील पदार्थ खन्याएर आगो सल्काउने प्रयास गरेकी हुन् ।

तत्काल प्रहरीले उनलाई उद्धार गरेर नियन्त्रणमा लिएको छ । प्रधान न्यायाधीश विश्वम्भर श्रेष्ठ सर्वोच्चभित्र प्रवेश गरेको करिब १० मिनेटमा आरती सुरक्षाकर्मीको आँखा छल्दै गेटभित्र पसेकी थिइ न्। भित्र पस्नासाथ उनले जर्किनबाट शरीरमा पेट्रोल खन्याइन् र आगो सल्काउन खोजिन् तर नजिकै रहेका प्रहरीले त्यसो गर्न दिएनन् । त्यसपछि अर्धचेत देखिएकी गिरीलाई प्रहरीले अस्पतालतर्फ लगेको छ ।

उनले ‘न्याय कि मृत्यु’ लेखिएको सेतो टिसर्ट लगाएकी थिइन् । यसअघि जिल्ला अदालत काठमाडौंमा उनले श्रीमान्‌माथि जुत्ता प्रहार गरेकी थिइन् । आरतीले श्रीमान् भुवन गिरीविरुद्ध वैवाहिक बलात्कारको मुद्दा हालेकी छिन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैं-तिहारका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि ?

काठमाडाैं । दसैँ-तिहारका लागि १२ असोजदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिबार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस